नवलपुरलाई कुरिलो ‘हब’ बनाइँदै
काठमाडाैं | चैत २८, २०७९
कावासोती: पूर्वी नवलपरासीको मध्यबिन्दु–३, ब्रह्मस्थानका पदम मोक्तानले व्यावसायिक कुरिलो खेती सुरु गर्नुभएको छ। उहाँलाई यतिखेर कुरिलो मुठा पारेर बेच्न भ्याइनभ्याइ छ। पछिल्लो समय नवलपुरलाई कुरिलो खेतीको हब बनाउने सोचमा मोक्तान लागिपर्नुभएको छ। कम लगानीमा राम्रो आम्दानी हुने भएपछि यो पेसाप्रतिको आकर्षण बढेको हो।
आम्दानीको हिसाबले राम्रो हुने कुरिलो खेतीका लागि मेहनत पनि उत्तिकै गर्नुपर्छ। कम लगानीमा बढी फाइदा लिन सकिने कुरिलो प्रतिकेजी पाँचदेखि छ सय रुपियाँसम्ममा बिक्री हुने गर्छ। उहाँले भने चार सय रुपियाँमा बिक्री गर्दै आउनुभएको छ। कुरिलो खेतीको महत्त्व र फाइदा बुझेपछि नवलपुर जिल्लाको स्थानीय बजारमा मात्र नभएर कुरिलोको माग काठमाडौँ तथा बुटवल सहरी क्षेत्रमा बढी रहेको उहाँ बताउनुहुन्छ।
“स्थानीय बजारसगै बाह्य क्षेत्रबाट समेत माग आउन थालेको छ,” उहाँले भन्नुभयो, “माग धेरै आउन थालेको छ। धान्नै गाह्रो भइसकेको छ,” नवलपुरको मध्यबिन्दु–३, ब्रह्मस्थानमा करिब डेढ बिघा जमिनमा दुई वर्षयता कुरिलो खेती गरिँदै आएको छ। सुरुमा थोरै जमिनमा कुरिलो खेती गर्नुभएका मोक्तानले अब क्षेत्र विस्तार गर्न लागिपरेको बताउनुभयो। बिरुवा रोपेको चार पाँच महिनामा तयार हुने कुरिलो खेतीमा दिनदिनै टुसा पलाउने हुँदा यसबाट राम्रो आम्दानी हुने कृषक मोक्तानको भनाइ छ।
लोटस कृषि तथा पशु फार्म सञ्चालन गरी अन्य तरकारी तथा फलफूल खेती गर्दै आउनुभएका मोक्तानले कुरिलो खेतीबाट आयुर्वेदिक फाइदा र महत्त्व बुझाउँदै दैनिक नौ जनालाई रोजगारी दिन सफल हुनुभएको छ। यसरी आफ्नै गाउँठाउँमा रोजगार पाउँदा यहाँका स्थानीयवासी पनि खुसी देखिन्छन्। आफ्नो जीविकोपार्जनको बाटो खुलेको उनीहरू बताउँछन्। कुरिलो खाँदा रोग प्रतिरोधात्मक क्षमता बढाउने हुँदा यसको माग बढ्दै गएको छ। यसको फाइदा र बजार पनि राम्रो भएकाले कुरिलो खेतीलाई प्रोत्साहन गर्ने गरी कुरिलो खेती विस्तारमा लागेको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकृत शङ्कर पौडेलले बताउनुभयो।
बागलुङ: नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाको आयोजनामा आगामी चैत २० र २१ गते ‘बागलुङ मिडिया मेला’ हुने भएको छ । शाखाले आफ्नो रजत वर्षका अवसरमा पहिलोपटक जिल्लामा मिडिया मेलाको...
गण्डकी: कास्कीको रुपा गाउँपालिकाले किसानलाई अनुदान सहयोग गरी लसुन र प्याजको व्यावसायिक खेती गरिरहेको छ । पालिकाले यस वर्ष एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य राखेको छ । अघिल्लो वर्...
काठमाडौं: बिहीबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँको गिरावट आएको छ । यो गिरावटसँगै एक तोला सुनको मूल्य ...

